+
+

२१ ग्राम खैरो हेरोइनसहित बाराबाट एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते २०:१९

१४ माघ, वीरगञ्ज । प्रहरीले २१ ग्राम खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AP 6046 नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागु औषध हिरोइन फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश गुप्ताका अनुसार उनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याउँदै थिए ।

पक्राउ परकेा उनीमाथि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?