+
+

बेलायती टेनिस खेलाडीलाई पछ्याउने अमृत मगर दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते ११:२२

१६ माघ, काठमाडौं । बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई पछ्याएको आरोप लागेका एक ‘नेपाली’ दोषी ठहर भएका छन् ।

बीबीसी, डेली मेललगायत सञ्चार माध्यमहरूका अनुसार ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । उनलाई केकति सजाय हुने भन्ने कुरा आगामी हप्ता तय हुने बताइएको छ ।

उनी दक्षिणी लन्डनमा रहेको राडुकानुको घरसम्म पुगेको सिसी क्यामरामा देखिएको छ । पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा राडुकानुको घर गएका मगर डिसेम्बर महिनामा भने बारम्बार त्यहाँ पुगेको बताइएको छ ।

बेलायतको एजवेरमा बस्ने नेपाली मूलका मगर विवाहित रहेको बताइएको छ । उनले पहिला डेलिभरी ड्राइभरको काम गर्ने सूचना प्राप्त भए पनि उनको पहिचानबारे विस्तृत आएको छैन ।

नामको आधारमा मगर नेपाली मूलको रहेजस्तो देखिएपनि उनको कानुनी पहिचानबारे कतै उल्लेख छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?