+
+

मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १७:३३

१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् ।

व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न उजुरी दिएका हुन् ।

‘पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ’-उनले भने । आफू बाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको उनले बताए ।

पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने, भाग्ने र शक्तिकेन्द्रको धम्की दिने गरेको पनि व्यवसायी बस्नेतले बताए ।

घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी कार्यालयका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले आफू बाहिर भएकाले यसबारे जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?