+
+

अनन्त र प्रशान्तले मरिससविरुद्धको दोस्रो खेल गुमाउने

नेपाली टिममा दुई परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १९:३९
प्रशान्त अवस्थी

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार मरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसका लागि यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन् ।

यी दुईको स्थानमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् । मनिषले शनिवार भएको पहिलो खेल खेलेका थिए ।

अलमुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् ।

यसअघि पहिलो खेलका लागि उनले फरक टिम घोषणा गरेका थिए । जसमा दर्शन गुरुङको सट्टा प्रशान्त अवस्थीलाई टिममा समावेश गरिएको थियो ।

प्रशान्त यसअघि घोषित टोलीमा भने दोस्रो खेलका लागि मात्र टिममा थिए । यस्तै अनन्त पनि दोस्रो खेलका लागि मात्र टिममा थिए । तर दुवै खेलाडीले अब दोस्रो खेल गुमाउने भएका छन् ।

पहिलो खेलमा विमल घर्ती मगर, जगजित श्रेष्ठ र देवेन्द्र तामाङले राष्ट्रिय टिममा पुनरागमन गर्दा सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

विमल र देवेन्द्र दोस्रो खेलका लागि पनि टिममा छन् भने जगजित, सुदिप र आकाश दोस्रो खेलका लागि टिममा छैनन् ।

दवस्रो खेलका लागि घोषित टिममा गोलकिपर शत्रुघन चौधरी, डिफेण्डर नविन गुरुङ, मिडफिल्डर आशिष राई र फरवार्ड सुशिल राई पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् ।

पहिलो खेलमा टिममा नभएका पुजन उपकरोटी, सुभाष गुरुङ, विशाल श्रेष्ठ, एरिक विष्ट र सन्तोष तामाङ दोस्रो खेलका लागि टिममा छन् ।

नेपालले शनिवार भएको पहिलो खेलमा मरिससलाई पराजित गर्दा २ खेलाडीले डेब्यु गर्ने अवसर पाएका थिए । अब दोस्रो अलमुताइरीले कति जनालाई डेब्यु गराउँछन् हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?