+
+

नारायणहिटीमा हुने ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ स्थगित

माघ १९ गतेदेखि माघ २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्र सञ्चालन हुने ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १५:११

१८ माघ, काठमाडौं। माघ १९ गतेदेखि माघ २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्र सञ्चालन हुने ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ स्थगित भएको छ ।

मंगलबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्‍यवस्थापन तथा सञ्चालन विकास समितिले सूचना जारी गर्दै कोरोनाका कारण भिडभाड हुने भन्‍दै उक्त यज्ञ स्थगित गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भिडभाड हुने कार्यालयहरु बन्द गर्ने गृह मन्त्रालय, जिल्ला प्रशासनको आदेश बमोजिम नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्‍यवस्थापन तथा सञ्चालन विकास समिति अन्तर्गत रहेको पूजा घरमा २०७८/१० १९ गते देखि २९ गतेसम्‍म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ।’

यसअघि समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।

हेर्नुस् नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्‍यवस्थापन तथा सञ्चालन विकास समितिको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?