+
+

वृद्धाको रातारात अन्त्येष्टि, कान्छो छोरा पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ १८ गते १८:३३

१८ माघ, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनका छोरा ४८ वर्षका कमललाई पक्राउ गरेको छ । माघ १२ गते राति वृद्धाको अन्येष्टि गरेको खबर पाएको प्रहरीले हत्या भएको आशंकामा कान्छो छोरा कमललाई पक्राउ गरेको हो । उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

माघ १२ गतेदेखि आमा हराएको भन्दै वृद्धाका जेठा छोराले माघ १४ गते प्रहरीमा उजुरी दिएका थिए । वृद्धाको खोजी गर्ने क्रममा आफन्त र स्थानीयले शव जलाएको शंकास्पद ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि स्थानीय जयचोकस्थित गुरुङ समुदायको दाहसंस्कार स्थलमा पुगेको प्रहरीले वृद्धाको केही अंगहरू बरामद गरेको छ । र इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काको टोलीले कमललाई नियन्त्रणमा लिएको हो । उनले हत्यापछि माघ १२ गते बिहान उज्यालो नहुँदै शव जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सम्पत्तिको लोभ

प्रहरीका अनुसार श्रेष्ठको परिवारमा केही वर्षयता मेलमिलाप थिएन । तीन छोरामध्ये आमा जगमाया कान्छा छोरासँग बस्दै आएकी थिइन् । आफ्नो नामको सम्पत्ति (जिउनी) उनले कान्छा छोरालाई नै भोगचलन गर्न दिएकी थिइन् । तर छोराले राम्रो व्यवहार नगरेको भन्दै उनले आफूले दिएको सम्पत्ति फिर्ता मागिन् । जिउनी फिर्ता मागेको उजुरी पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समिति हुँदै जिल्ला अदालतसम्म पुगेको थियो । अदालतले वृद्धाको पक्षमा फैसला गरेको थियो ।

पथरी बजार नजिकै वृद्धाको नाममा करिब ६ कट्ठा जग्गा रहेको प्रहरी स्रोतले बताएको छ । अदालतबाट जिउनी छुट्याउन अमिनसहितको टोली पुगेको केही दिनपछि उनी हराएकी थिइन् । वृद्धाको नाममा रहेको जग्गाको बजार भाउ प्रति कट्ठा २० लाख रुपैयाँ हाराहारी रहेको स्थानीय बासिन्दा बताउँछन् ।

पथरी शनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष यमप्रसाद गुरागाईंका अनुसार श्रेष्ठ परिवारको जिउनीको जग्गा छुट्याउनका लागि अदालतबाट टोली आएपछि वडा कार्यालयका प्रतिनिधि पनि पुगेका थिए ।

‘अदालतबाट टोली आएको २/३ दिनपछि आमा हराउनुभयो,’ उनले भने, ‘१–२ दिन आफन्तको खोजी गर्दा नभेटिएपछि प्रहरीमा निवेदन परेको थियो ।’ आफूले जिउनी नपाउने अवस्था आएपछि कमलले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?