
१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो ।
अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित हुथी मिलिसियाले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अत्याधुनिक लडाकु विमान र ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ तैथान गर्न लागेको अल अरेबिया समाचार माध्यमले जनाएको छ ।
अमेरिकी रक्षामन्त्री लियोड अस्टिन र अबुदबीका राजकुमार मोहम्मद बिन जायद अल नाहेनबीच भएको टेलिफोन कुराकानीपछि अमेरिकाले ‘यूएईविरुद्ध जारी खतरामा सघाउन’ युद्धपोत र लडाकु जहाज पठाउन लागेको समाचारमा उल्लेख छ ।
यमनका हुथी समूहसँग लडिरहेको अरब गठबन्धनलाई सघाइरहेको यूएईमा गत महिना ३ पटक मिसाइल हमला भएको थियो । ती हमलामा परी तेल कम्पनीमा काम गर्ने तीन जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4