+
+

चिनियाँ अर्थतन्त्रले पहिलो पटक युरोपेली युनियनलाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १६:२७

१९ माघ, काठमाडौं । छिमेकी मुलुक चीनको अर्थतन्त्रले पहिलो पटक युरोपेली युनियनको समग्र अर्थतन्त्रलाई उछिनेको छ । सन् २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने अनुमानबीच चीनले युरोपेली युनियनको अर्थतन्त्रलाई उछिनेको हो ।

यसै हप्ता युरोपियन स्टाटिस्टिकल अफिसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष युरोपेली युनियन (ईयू) को कूल ग्राहस्थ उत्पादन ५.२ प्रतिशतले वृद्धि भएको थियो । २०२० मा हालसम्मकै ठूलो आर्थिक मन्दी खेपेको ईयूमा गत वर्ष भने जीडीपी बढेको हो ।

गत वर्ष समग्र युरोपेली युनियनको कूल ग्राहस्थ उत्पादन (जीडीपी) १७ ट्रिलियन डलरभन्दा केही बढी थियो । चीनको नेश्नल ब्यूरो अफ स्टाटिस्टिक्सले गत महिना सार्वजनिक गरेको तथ्याङ्कले २०२१ मा त्यहाँको जीडीपी ८.२ प्रतिशतले वृद्धि भएको देखाउँछ । चीनको जीडीपी २०२० को तुनलामा तीन ट्रिलियन डलरले वृद्धि भई गत वर्ष १७.७ ट्रिलियन डलर पुगेको थियो । जुन समग्र ईयूको भन्दा धेरै हो ।

चीनमा कोभिड-१९ को महामारीका बेलासमेत औद्योगिक उत्पादन र निर्यात मजबुत हुँदा अर्थतन्त्र वृद्धि भएको हो । ईयूको भन्दा चीनको जीडीपी बढी हुनुको अर्को कारण युरोपेली युनियनबाट बेलायत बाहिरिनु पनि रहेको छ ।

गत महिना बेलायतको कन्सल्टेन्सी सीईबीआरले सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् २०३० सम्ममा चीनले अमेरिकालाई उछिन्ने अपेक्षा गरिएको छ । तर, संसारकै ठूलो अर्थतन्त्र बन्नका लागि चीनलाई त्यति सजिलो भने छैन । किनभने २०२१ मा अघिल्लो वर्षको तुलनामा अमेरिकाको जीडीपी २.१० ट्रिलियन डलरले बढेर झण्डै २३ ट्रिलियन डलर पुगेको थियो ।

आगामी वर्षमा समेत अमेरिकी अर्थतन्त्र निरन्तर बढ्ने देखिन्छ । यही कारण अमेरिकालाई उछिन्न त्यति सजिलो छैन । तर, प्राविधिक तथा दक्ष कामदारको संख्या निकै धेरै रहेका कारण चीनलाई सहज हुने विश्लेषण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?