+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपाललाई सोधे : एमसीसीमा केके संशोधन गर्नुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:४५

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामा केके संशोधन गर्नुपर्छ भनेर सोधेका छन् ।

एमसीसी पास गर्ने प्रयत्नमा रहेका प्रधानमन्त्री देउवाले बुधबार विहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका थिए । भेटमा एमसीसीबारे छलफल भएको भन्दै अध्यक्ष नेपालले भने, ‘एमसीसीमा सुधार गर्नुपर्ने कुराहरु केके छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो ।’

उनले अघि भने, ‘सुधार गर्नुपर्ने कुराहरु मलाई उपलब्ध गराउनुस्, देशको हित नहुने कुरा हामी सहमत हुन जरुरी छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडे एमसीसी पास गर्न सहयोग गर्ने आश्वासन प्रधानमन्त्रीलाई दिएको उनको आरोप छ । नेता नेपालले भने, ‘हामी त्यस्तो गलत गर्दैनौं । हामीसँग आँट छ, जनताको साथ चाहिन्छ, यो देशको रक्षा गरिन्छ । कुनै पनि (सैन्य) गठबन्धनमा सामेल गरिने छैन ।’

सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको, तर आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘नेपालको हित कुठाराघात गर्ने कुनै पनि विषय स्वीकार गर्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?