
२० माघ, दाङ । नेकपा एमाले दाङ जिल्ला कमिटीले पार्टीबाट निर्वाचित तीनजना जनप्रतिनिधिलाई कारबाही गरेको छ ।
नेकपा एमालेबाट निर्वाचित भएका तुलसीपुर उपमहागरपालिकाको कार्यपालिका सदस्य जानुका रेग्मी, डिला परियार र दीपक कुमालले पार्टीको हित विपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको हो ।
एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिहीबार विज्ञप्ति जारी गरी तीनैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी दिएका छन् ।
नेकपा एमाले विभाजित हुँदा शुरुमा एमालेमै बसेका उनीहरु पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4