+
+

पुलिस र च्यासलबीचको खेल फेरि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १५:४०

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि स्थगित भएको छ ।

नवौं चरण अन्तर्गत तय भएको यस खेल खेलाडीमा कोरोना देखिएपछि यसअघि निर्धारित समयमा हुन सकेन । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २२ गते शनिबारको लागि तय गरेको थियो । तर, एक दिनअघि मात्रै एन्फाले शनिबारको खेल फेरि सरेको जानकारी गराएको छ ।

दशरथ रंगशालको मैदान भिजेका कारण एन्फाले शनिबारको खेल बुधबारको लागि सारिएको जनाएको छ । अब नयाँ मिति अनुसार खेल माघ २६ गते बुधबार दिउँसो १ बजे दशरथ रंगशालमा हुनेछ ।

यो खेलपछि लिगमा नवौं चरणका खेलहरू सकिनेछन् । यसअघि माघ २ गतेका लागि तय भएको यो खेल च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण भएपछि स्थगित गरिएको थियो । हाल लिग तालिकामा पुलिस आठ खेलबाट सात अंक जोडेर ११औं स्थानमा रहेको छ । आठ खेलबाट पाँच अंक जोडेको च्यासल १३औं स्थानमा रहँदै रेलिगेसनको खतरामा छ ।

पुलिस र च्यासल दुवैले यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म अपराजित साविक विजेता मछिन्द्रले नौ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ भने मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ । अर्को अपराजित आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । यस्तै एन्फाले माघ २८ गते शुक्रबारदेखि दशौं चरणका खेलहरू सुरु गर्ने तयारी गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?