+
+

रूखले किच्दा धनुषामा दुई बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १५:४९

२१ माघ, जनकपुर । हावाहुरीले रूख ढल्दा शुक्रबार धनुषामा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरू विद्यालयमा खेलिरहँदा एक्कासी रूख ढलेको थियो । ढलेको रूखले टाउकोमा चोट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?