+
+

प्रणय-सप्ताह : प्रेमको बदलिंदो परिभाषा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १२:२३

२४ माघ, काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । खासगरी प्रेम जोडीहरुको लागि यो उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् ।

अंग्रेजी क्यालेन्डरको १४ फेब्रुअरी आउन अझै बाँकी छ । यद्यपि प्रेम सप्ताह सुरु भइसकेको छ । ७ फेबुअरीदेखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात् यसरी बुझौं, १४ फेब्रुअरीको उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ । अर्थात् उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन । आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात् वाचा गर्ने दिन । एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव हो यो दिन । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?