+
+

सरकारले निर्वाचन आयोगलाई स्रोत साधन सम्पन्न बनाओस् : ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १८:०१

२४ माघ, काठमाडौं। नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगलाई साधन स्रोत सम्पन्न बनाउन सरकारसँग आग्रह गरेका छन् ।

सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि अनलाइनखबरसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले सरकारले निर्वाचन आयोगलाई सम्पूर्ण रुपले साधन स्रोत सम्पन्न बनाउने र राजनीतिक रुपमा पनि वातावरण अनुकुल बनाउनका निम्ति भूमिका खेल्नुपर्ने बताए ।

‘अब छिट्टै आचारसंहिता लागू होस् र स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको सुनिश्चत होस् हाम्रो त्यही अपेक्षा छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘ढिलो भए पनि सरकारले गरेको निर्णय सकरात्मक हो । अब छिट्टै निर्वाचन आचारसंहिता लागू होस् र निर्वाचनको मिति घोषणा भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै कुरा नहोऊन भन्ने हाम्रो अपेक्षा रहन्छ ।’

उपमहासचिव ज्ञवालीले स्थानीय निर्वाचनमा राष्ट्रव्यापी गठबन्धन नगर्ने पनि स्पष्ट पारे। ‘स्थानीय तहमा कतै-कतै परिस्थिति अनुसार गठबन्धन हुन सक्ला,त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,’ उपमहासचिव ज्ञवालीले भने,‘तर राष्ट्रव्यापी गठबन्धन भने हामीले गर्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?