+
+

शिलाजितसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १३:००

२५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजातविना निर्यात गर्न लागिएको करिब तीन किलो शिलाजितसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ का २१ वर्षीय अनिल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा आवश्यक कागजातविना निर्यात गर्न लागिएको अवस्थामा शिलाजित बरामद गरिएको हो । बरामद गरिएको शिलाजितसहित  ढुवानीमा संलग्न रहेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यसबारे थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?