+
+

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १५:१५

२५ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।

यता संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोकप्रस्ताव पारित गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?