+
+

‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १७:४०

२५ माघ, काठमाडौं । प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो ।

सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र फेरि प्रदर्शनमा आउन लागेको हो । निर्माण टिमले मंगलबार विज्ञप्ति जारी गर्दै चलचित्र पुनः प्रदर्शनमा आउन लागेको जानकारी दिएको हो । निर्माता अर्जुन कुमारले आफूहरुले दोस्रो मौका पाएको बताएका छन् । बारम्बार प्रदर्शन मिति सार्दै चलचित्र गत पुस ३० गतेदेखि प्रदर्शनमा आएको थियो ।

क्राइम थ्रिलर ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?