+
+

ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ देखि

फागुन १४ मा लिग सकाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते २०:०८
फाइल तस्वीर

२५ माघ, काठमाडौं। अलिख नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ ।

माघ २ गते नवौं चरणका खेलहरु (नेपाल पुलिस र च्यासल बाहेक)को खेलपछि ब्रेक गरेको लिग एन्फाले फेरि सुरु गर्न लागेको हो ।

एन्फाले मंगलबारदेखि १०औं चरणका खेलहरु गर्ने गरी बाँकी रहेको चार चरणको खेलतालिका सार्वजनिक गरेको छ ।

त्यसअघि माघ २६ गते बिहीबार नेपाल पुलिस र च्यासलबीचको यसअघि स्थगित भएको खेल हुनेछ ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार १०औं र ११औं चरणको खेल खेल तीन दिनमै सकिनेछ । जसमा दुई दिन दुई-दुई खेल हुनेछ भने एक दिन तीन खेल खेलाइनेछ । तीन खेल हुने दिन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि खेल हुनेछ भने अरु खेल दशरथ रंगशालमै हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार १०औं चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

एन्फाले नवौं चरणसम्मका खेलहरु विकेन्डमा खेलाएको थियो । तर अब बाँकी चरणका खेलहरु भने हरेक चरण सकिएपछि एक दिन ब्रेक हुनेछ र फेरि अर्को चरण सुरु हुनेछ ।

त्यसैले ११औं चरणको खेल फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने १२औँ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।१२औं चरणको खेल चार दिन सञ्चालन हुनेछ ।

यस्तै एन्फाले १३औं चरणको खेल फागुन १२ देखि १४ गतेसम्म गर्ने जनाएको छ । तर खेल हुने स्थल र समय भने तय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?