+
+

विद्युत् प्राधिकरणका कर्मचारीले स्वेच्छिक अवकाशको सुविधा नपाउने

साउनपछि लागु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते २०:४७

२५ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीले पाउँदै आएको स्वेच्छिक अवकाश सुविधा कटौती गरेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा स्वेच्छिक अवकाशको व्यवस्था छ ।

तर, १ साउन २०७९ देखि यो व्यवस्था खारेज गर्ने गरी प्राधिकरणको २१ पुस २०७८मा बसेको ८९४औं सञ्चालक समिति बैठकले निर्णय गरेको हो ।

विनियमावलीमा तोकिएको शर्त पूरा गरेका स्वेच्छिक अवकाशका लागि इच्छुक कर्मचारीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर २०७९ असार मसान्तभित्र प्राधिकरणको जनसाधन विभागमा दर्ता हुने गरी आवेदन गर्न प्राधिकरणले सूचित गरेको छ । असार मसान्तपछि लागु हुने गरी दिइएका निवेदन माथि कुनै कारबाही नहुने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

विनियमावली अनुसार २० वर्ष वा सोभन्दा बढी स्थायी सेवा अवधि पूरा गरेका र स्वेच्छिक अवकाश पाउन आवेदन गरेको मितिबाट अनिवार्य अवकाश पाउन एक वर्षभन्दा बढी सेवा अवधि बाँकी रहेका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था गर्दै आएको छ । स्वेच्छिक अवकाश पाउने कर्मचारीले एक वर्षको खाईपाई आएको तलब बराबरको रकम एकमुष्ट लिएर विदा हुन पाउँथे ।

त्यसका लागि आफूले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको र लिन आवेदन समेत नगरेको स्वघोषणासहित सम्बन्धित कार्यालय प्रमुखमार्फत निवेदन दिनुपपर्ने व्यवस्था छ । स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीको सेवाको आवश्यकतालाई ध्यानमा राखेर शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनमा नरहेको भए सहायक स्तरका कर्मचारीको स्वेच्छिक अवकाश मुख्य प्रशासकीय अधिकृत र अधिकृतस्तरका कर्मचारीको स्वेच्छिक अवकाश समितिले स्वीकृत गर्न सक्ने विनियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?