+
+

सभामुखविरुद्ध यथोचित निर्णय गर्न दलहरुलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते २०:५६

२५ माघ, काठमाडौं । नागरिक अगुवाको एक समूहले सभामुख अग्निप्रसाद सापकोटाको विषयमा यथोचित निर्णय गर्न  राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

पूर्णिमाया लामा, कनकमणि दीक्षितसहितका १४ जनाले एक अपिल जारी गर्दै सभामुख सापकोटा नैतिक रुपमा स्खलित, तटस्थ व्यवहार देखाउन असफल, वर्षौंदेखि हत्या आरोप खेपिरहेका व्यक्ति भएकाले उनको विषयमा यथोचित निर्णय लिएर संसदीय मूल्य मान्यताको रक्षा गर्न आग्रह गरेका छन् ।

सभामुखले प्रतिनिधिसभामा तटस्थ भूमिका निर्वाह नगरेको, संविधान र कानुनले व्यवस्था गरेभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास गर्न खोजेको अपिलमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?