+
+

डोटीको जनसंख्या : कुन पालिकामा बढ्यो, कुनमा घट्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ११:११

२६ माघ, डोटी । २०६८ सालको जनगणनाभन्दा २०७८ सालको जनगणनामा डोटीको जनसंख्या घटेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख पाँच हजार ६८३ रहेको छ ।

०६८ को जनगणना अनुसार दुई लाख ११ हजार ७४६ रहेको थियो । तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणत्मक रहेको छ । ०६८ को जनगणना अनुसार वार्षिक  वृद्धिदर ०.२२ प्रतिशत रहेकोमा ०७८ को जनगणना अनुसार -०.२८ प्रतिशत रहेको छ ।

२०६८ सालको जनगणना अनुसार डोटी जिल्लामा महिलाको संख्या एक लाख १४ हजार ४९४ (५४.१ प्रतिशत) रहेको थियो भने पछिल्लो जनगणना अनुसार महिलाको संख्या एक लाख १० हजार ६१७ (५३.७८ प्रतिशत) रहेको छ ।

०६८ को जनगणनाको तुलनामा लैङ्गकि अनुपातमा पनि फरक देखिएको छ । ०६८ मा लैङ्गकि अनुपात ८४.९ रहेकोमा पछिल्लो जनगणना अनुसार ८५.९४ रहेको छ ।

०६८ को जनगणनाभन्दा जिल्लाको परिवार संख्यामा भने वृद्धि भएको छ । १० वर्षअघि जिल्लामा ४१ हजार ४४० परिवार संख्या रहेकामा यस पटक ४६ हजार एक सय परिवार संख्या रहेको देखिएको छ ।

कुन स्थानीय तहमा जनसंख्या घट्यो, कुनमा बढ्यो

डोटीका नौ स्थानीय तहहरूमध्ये १० वर्षमा दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा थोरैले वृद्धि भएको देखिन्छ । अन्य स्थानीय तहहरूमा जनसंख्या घटेको केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक विवरणले देखाएको छ ।

स्थानीय तहअनुसार डोटीको वस्तुगत विवरण, २०७४ का अनुसार ०६८ मा दिपायल सिलगढीको जनसंख्या १० वर्षमा ८६८ जनाले वृद्धि भएको छ ।

०६८ को जनजणना अनुसार यस नगरपालिकाको जनसंख्या ३६ हजार ३८ रहेकोमाहाल ३६ हजार ९०६ पुगेको छ । ०६८ मा आदर्श गाउँपालिकाको जनसंख्या २४ हजार ४८२ रहेकोमा हाल २४ हजार ९११ पुगेको छ । यस गाउँपालिमा १० वर्षको अवधिमा ४२९ जना बढेका छन् ।

सायल गाउँपालिकामा पनि यो १० वर्षको अवधिमा थोरै जनसंख्यामा वृद्धि भएको देखिन्छ । ०६८ को जनगणना अनुसार सायल गाउँपालिकाको कुल जनसंख्या १९ हजार ५७५ रहेको थियो । हाल यस गाउँपालिकाको कुल जनसंख्या २० हजार १२५ पुगेको छ ।

शिखर नगरपालिकाको जनसंख्या दुई हजार ३२ ले घटेको तथ्याङ्क विभागको विवरणमा छ । यस नगरपालिकामा ०६८ को जनगणना अनुसार ३२ हजार ३२६ जनसंख्या रहेकोमा हाल ३० हजार २९४ रहेको छ ।

बडीकेदार गाउँपालिकाको जनसंख्या पनि घटेको छ । ०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १६ हजार ७३१ रहेको थियो । पछिल्लो जनगणनाले बडीकेदारको जनसंख्या १५ हजार ७८ देखाएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाको जनसंख्या साविकको भन्दा एक हजार ९९४ ले घटेको छ । ०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १७ हजार ९०६ रहेको थियो । हाल गाउँपालिकाको जनसंख्या १५ हजार ९११ रहेको छ ।

जोरायल गाउँपालिकाको जनसंख्या पनि घटेको छ । ०६८ मा यस गाउँपालिकाको जनसंख्या २१ हजार २९६ रहेकामा हाल २० हजार ३६४ रहेको छ । जसमा महिला १० हजार ११३, पुरुष १० हजार २५१ र परिवार संख्याचार हजार ४३२ पुगेको छ ।

केआई सिंह गाउँपालिकाको जनसंख्यामा ७३ जना घटेका छन् । ०६८ सालको जनगणना अनुसार गाउँपालिकाको २० हजार ९०३ रहेको थियो । हालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २० हजार ८३० रहेको छ ।

पूर्वीचौकी गाउँपालिकाको जनसंख्या पनि घटेको छ । ०६८ मा यस गाउँपालिकाको जम्मा जनसंख्या २२ हजार चार सय ८९ रहेकोमा हालको जनगणना अनुसार गाउँपालिकाको जनसंख्या २१ हजार २६३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?