+
+

बागमतीमा युवा परिषद उपाध्यक्षसँग मन्त्रीले मागे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १९:५८

२६ माघ, हेटौंडा । बागमतीको युवा तथा खेलकुद मन्त्रालयले युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री हुँदा नियुक्त भएका चौलागाईंलाई सरकार परिवर्तन भएर एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रका रत्न ढकाल खेलकुद मन्त्री भएपछि स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालयले तीन दिनको समय दिएर माघ २५ गते स्पष्टीकरण मागेको चौलागाईंले बताए । उनले स्पष्टीकरणको जवाफ पठाउने बताएका छन् ।

‘चार बर्षका लागि दिइएको नियुक्ति दिइएको छ, तर राजनैतिक पूर्वाग्रहका राखेर स्पष्टीकरण सोधिएको हो’ उनले भने । मन्त्री रत्न ढकालले चौलागाईंलाई हटाएर आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न खोजेको स्रोतको भनाइ छ ।

अघिल्लो सरकारले नियुक्ति गरेका व्यक्ति हटाउन स्पष्टीकरण सोधेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले नै सबै सरकारी नियुक्ति बदर तयारी भएपनि अहिले स्पष्टीकरणको प्रक्रिया रहेकाले रोकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?