+
+

चार देशीय टी-२० सिरिज हिमालय टिभीबाट हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते २१:०४

२६ माघ, काठमाडौं । यही फेब्रुअरी ११ देखि ओमानमा हुने नेपाल सहभागी चारदेशीय टी–२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भएको छ । सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।

आईसीसी टी-२० विश्वकप ग्लाेबल क्वालिफायर अघि नेपालले उक्त सिरिज खेल्दैछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।

यस सिरिजलाई टी-२० विश्वकप क्पालिफायको अभ्यास खेलको रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?