+
+

प्रचण्डलाई भेटेर शेखरले भने- म चुनावी गठबन्धनको पक्षमा छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १०:४९

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उनका सहयोगी दिनेश थपलियाले भने । थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए ।

डा. कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

कांग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?