+
+

नयाँ भर्सनमा आफ्नो नाम उल्लेख भएपछि अञ्जुले दिइन् धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १२:२५
गायिका अञ्जु पन्त । फाइल तस्वीर

२७ माघ, काठमाडौं । ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नाम र गजलको भिडियो लिंक उल्लेख गरेपछि गायिका अञ्जु पन्तले गजलकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् ।

गीतकार विपिन किरणले केही दिनअघि आफ्नो चर्चित गजललाई रचना रिमालको स्वरमा रि-रेकर्डिङ गरेर सार्वजनिक गरेका थिए । नयाँ भर्सन सार्वजनिक भएसँगै रचनाको स्वरलाई अञ्जुको स्वरसँग तुलना गर्नुका साथै ओरिजनल गायक-गायिकाको नाम उल्लेख नभएकोमा निकै आलोचना भएको थियो । गायिका अञ्जु पन्तले पनि फेसबुकमा स्टाटस लेख्दै दुःख लागेको बताएकी थिइन् ।

आलोचनापछि विपिनले बिहीबार मात्रै नयाँ भर्सनमा गायक अञ्जु र जगदीश समालको नाम उल्लेख गरेका छन् । नयाँ भर्सनमा यस गजलका ओरिजिनल गायक र गायिकाको नाम र गजलको भिडियो लिंक समेत उल्लेख भएपछि अञ्जुले धन्यवाद दिएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘न बिर्सें तिमीलाई’ गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद । मानिसबाट कहिलेकाहीं जान अञ्जानमा भूल हुन्छ, यस्तै भूलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले । विपिन भाइसँगको बातचितपछि सम्पूर्ण श्रोता-दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईंको कदम प्रशंसनीय छ ।’

उनले भविष्यमा सबै मिलेर नेपाली गीत-संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्ने र गर्ने बताएकी छन् । उनले गायिका रचना रिमाललाई धेरै माया र आशीर्वाद समेत भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?