+
+

अर्काको बच्चा चोरेर भाग्दै गरेको आरोपमा २ महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १३:०३

२७ माघ, जनकपुरधाम । अर्काको बच्चालाई चोरेर भाग्दै गरेको आरोपमा धनुषाबाट दुई महिला पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?