+
+
Shares
भ्यालेन्टाइन्स अफर :

कपल बन्जी गर्दा स्विङ पनि निःशुल्क गर्दै हाइग्राउन्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ८:५२

२८ माघ, काठमाडौं । जिपलाइन, टावर बन्जी र जायन्ट स्विङको सञ्चालन गरिरहेको पोखराको हाइग्राउण्ड एडभेन्चर्स प्रालिले ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गरि नयाँ अफर ल्याएको छ । अफर अन्तर्गत टेन्डम (जोडी) बन्जी गर्ने जोडीले स्विङ निःशुल्क खेल्न पाउनेछन् ।

जिपलाइन बुक गर्ने जोडीले पनि स्विङ निःशुल्क खेल्न पाउने भएका छन् । नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउन्डले नेपालमै पहिलोपटक जोडी बन्जी सुरु गरेको थियो । हाइग्राउन्डले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ ।

खोलाबाट २ सय ६२ फिट माथि ९८ फिट टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्वीङ खेलिन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकै पटक बसेर खेल्न मिल्छ ।

परिवार र साथिहरुसँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्रि फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधि ३ मिनेट रहेको छ । स्वीङको शुल्क २ हजार प्रतिव्यक्ति र फोटो भिडियो टिसर्टको १२ सय रुपैयाँ तोकिएको छ ।

जिपलाइनमा अमेरिकी ब्रान्ड  ‘जिपफ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशक देखि पोखरामा सन्चालन गरिरहेको भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यान जिपलाइनको समेत सुरुवात गरेको छ ।

समुद्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । जिपलाइनको १ हजार ८ सय पचास मिटर दूरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?