+
+

अनलाइनबाट आइफोन मगाएर पैसा नदिइ भागेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १२:५०

२८ माघ, काठमाडौं । प्रहरीले अनलाइनबाट मोबाइल फोन अर्डर गरेर लिएको र अर्कैको घर देखाई फरार भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ घर भइ काठमाडौंको सरस्वतीनगर बस्ने १९ वर्षीय उर्गेन टासी शेर्पालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-७ चावहिलबाट शेर्पाले अनलाइनमार्फत् दुई थान आइफोन अर्डर गरेका थिए । बौद्ध स्तुपा आसपास रिसिभ गर्ने उनले बताएका थिए । मोबाइल रिसिभ गरिसकेपछि पैसा लिएर आउँछु भनी भागेका थिए । शेर्पालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थान मोबाइलसमेत बरामद गरेको छ । काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?