+
+

पहिलो जितपछि फ्रेण्ड्सका प्रशिक्षकले भने : पहिलो डोज खोप पायौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १७:०१

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा यस सिजनको पहिलो जित हात पारेपछि फ्रेण्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले पहिलो डोज खोप पाएको प्रतिक्रिया दिएका छन् ।

नौ खेलसम्म जितविहीन रहेको फ्रेण्ड्सले दशौं चरणमा शुक्रबार ब्रिगेड ब्वाइज क्लबलाई ५-२ ले पराजित गर्दै पहिलो जित हात पारेको थियो । ‘आज डु अर डाई थियो । आजको जित पहिलो डोज (खोप) हो’ उनले भने, ‘अब दोस्रो र बुस्टर डोज बाँकी छ ।’

मिश्रले रेलिगेसनबाट जोगिन अब दुई खेल जित्नुपर्ने बताएका हुन् । ‘आज जित्नैपर्ने थियो । जितले खुशी छु । अबको दुई खेल जित्नैपर्छ । किनकी बिबिसी (ब्रिगेड ब्वाइज क्लब) र च्यासल (युथ क्लब)सँगको गेम बाँकी छ ।’

फ्रेण्ड्सले अब लिगमा तीन खेल खेल्न बाँकी छ ।

फ्रेण्ड्सले शुक्रबारको खेलमा दुई नयाँ खेलाडी सुशील शाह र विकास थापालाई खेलाएको थियो । सुशील शाहले लिगको पहिलो खेलमै दुई गोल गरे । पहिलो जितपछि १० खेलबाट ६ अंक जोड्दै फ्रेण्ड्स रेलिगेसन जोन छाडेर १२औं स्थानमा उक्लेको छ ।

उता हारपछि ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक सनोज श्रेष्ठले शुक्रबारको खेल लिगकै खराब खेल भएको टिप्पणी गरे । ‘समग्रमा हेर्दा ब्रिगेडको सबैभन्दा खराब गेम आज हो । कोचको रुपमा त्यो अनुभव भयो । रेलिगेसन जोनको टिमसंग ३ अंकका लागि आएको तर खराब प्रदर्शन भयो’ उनले भने ।

प्रशिक्षक श्रेष्ठले दोस्रो गोल अफसाइड भएपनि रेफ्रीले मान्यता दिएको गुनासो गरे । ‘दोस्रो गोल ३ भर्सेस वान गोल हानेको, रिप्लेमा हेर्दा क्लियर अफसाइड जस्तो देखियो । दोस्रो गोलको डिसिजन टर्निङ प्वाइन्ट भयो’ उनले भने ।

श्रेष्ठले खेलको पहिलो हाफ भन्दा दोस्रो हाफमा राम्रो खेलेपनि तीन प्रहार बारमा लागेर फर्किएको बताए । ‘आज जितेको भए रेलिगेसनबाट जोगिन सहज हुन्थ्यो । तर अब च्यासल विरुद्ध अर्को खेल जित्नैपर्ने दबाब छ’ उनले भने ।

ब्रिगेड ब्वाइज क्लबको पनि ६ अंक भए पनि गोलअन्तरमा फ्रेण्ड्स भन्दा पछाडि १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?