+
+

टी-२० सिरिजमा ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:००

२८ माघ, काठमाडौं । चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।

दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।

नयाँ कप्तान सन्दीप लामिछानेले पनि कप्तानी डेब्यु जितबाट गरे । यस्तै स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले पनि यसै खेलबाट टी-२० आईमा डेब्यू गरे ।
सागर बलिङमा महंगाे सावित हुँदा विवेकले एक ओभर मात्र बलिङ गर्न पाए ।

त्यस्तै आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?