+
+

केकीसँग खेमको ‘रुमाल साट्न पर्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:०५

२८ माघ, काठमाडौं । अभिनेत्री केकी अधिकारी र गायक खेम सेञ्चुरीको अभिनयमा ‘रुमाल साट्न पर्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक डान्सिङ विटको लोकदोहोरी गीतमा खेम र गायिका सुनितामी परियारले स्वर दिएका छन् ।

तेजु सुनामको शब्द र खेमकै संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् । शिव विकको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर छ ।

गायक एवं भिडियोका मोडल खेमले आफ्ना आइरहेका गीतभन्दा दर्शक-श्रोतालाई फरक गीत दिने प्रयास गरेको बताए । थुप्रै गीतको भिडियोमा अभिनय गरेका गायक खेमले अभिनेत्री केकीसँग भने पहिलोपटक सहकार्य गरेका हुन् । केकीसँगको सहकार्य एकदमै रमाइलो र सहज भएको उनले बताए ।

गायक खेमकै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो । ‘मन परेको मान्छे’ सार्वजनिक भएको तीन महिनाको अन्तरपछि उनले आफ्नै युट्युब च्यानलमार्फत नयाँ भिडियो सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?