+
+

ग्लोबल आईएमईका ग्राहकलाई भ्यालेन्टाइन डेको अवसरमा १५ प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १९:३८

ग्लोबल आईएमई बैंकले भ्यालेन्टाइन डेको विशेष अवसरमा ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । फागुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर लाभ दिँदै आएको छ । ग्लोबल आईएमई बैंकका देशभर ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट २७ लाख भन्दा बढीलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?