+
+

सहकारीको ८० लाख रूपैयाँ रकम लिएर अध्यक्ष बेपत्ता

अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ

रासस रासस
२०७८ माघ २९ गते १९:३१

२९ माघ, दमक । झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रूपैयाँ बढी रकम लिएर तीन महिनाअघिदेखि फरार भएको भेटिएको छ ।

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएको बाहिरिएको हो ।

खनालले गत २९ मङ्सिरसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् ।

अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए ।

अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ ।

पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ रूपैयाँसहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लाख रूपैयाँ, दमक–५ का राजु गौतमको चार लाख रूपैयाँ, दमक–९ का टेकबहादुर योञ्जनको आठ लाख रूपैयाँ, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख रूपैयाँ, दमक–६ का डिल्लीराम प्रसाईँको दुई लाख रूपैयाँ, कमल गाउँपालिका–४ का गौरी राईको दुई लाख रूपैयाँ र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको छ लाख रूपैयाँ सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जालमार्फत पीडितले न्यायका लागि सहयोग पुर्याइदिन अपिल गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?