+
+

पाँचवटा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १८:४१

१ फागुन,बुटवल । कपिलवस्तुमा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको बाणगंगा नगरपालिका-९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।

थारुको घरमा लोड गरिएको अवस्थामा बन्दुकहरू लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको डीएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?