+
+

विराटनगरमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १८:४९

१ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

र्‍यालीसहित प्रदर्शनमा उत्रिएका नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताले एमसीसी अनुमोदन गरे राष्ट्रघात हुने भन्दै सम्झौता खारेज गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?