१ फागुन, काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा छैटौं बराबरी खेलेको छ ।
आइतबार भएको एपीएफविरुद्धको खेलमा गोलरहित बराबरी खेल्दै अक बाँडेको हो ।
दुई टिमले बराबरी खेलेसँगै एपीएफ १० खेलबाट ११ अंकसहित नवौं स्थानमा रहँदा संकटाले पनि समान खेलबाट १५ अंक जोड्दै पाचौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोको पनि १५ अंक नै छ तर गोलअन्तरका आधारमा सातदोबाटोभन्दा संकटा अघि छ । त्यस्तै २६ अंकसहित मच्छिन्द्र शीर्षस्थानमा रहँदा २० अंकका साथ त्रिभुवन आर्मी क्लबले पछ्याइरहेको छ ।
प्रतिक्रिया 4