+
+

भ्यालेन्टाइन डेको अवसरमा भाइबरको ‘भाइवसँग आत्मविश्वास’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १९:४१

काठमाडौं । राकुटेन भाइबरले ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रणय दिवस’ को अवसरमा ‘भाइवसँग आत्मविश्वास’ अभियान सञ्चालनमा ल्याएको छ । प्रयोगकर्ताहरूलाई एक अर्कासँग नजिक ल्याउन र सम्बन्धहरू जोड्न मद्दत पुर्‍याउने उद्देश्यका साथ ह्युमेन इम्प्रुभमेन्ट प्रोजेक्टसँगको समन्वयमा उक्त अभियान सञ्चालनमा ल्याएको हो ।

फेब्रुअरी महिनाभर सञ्चालन गर्ने अभियानभित्र भ्यालेन्टाइन दिवसको रमाइलो एआर लेन्सहरू र सम्बन्धसँग जोडिएका क्विज र खुसी रहने सुझावहरू जस्ता सुविधाहरू सामेल गरिएको भाइबरले जनाएको छ ।

भ्यालेन्टाइनमा  सधैँ आफ्नो प्रयोगकर्ताहरूलाई केही न केही नयाँ दिँदै आएको र अभियानलाई निरन्तरता दिँदै ह्यूमन इम्प्रुभमेन्ट प्रोजेक्टसँग साझेदारी गरेको भाइबरले जनाएको छ । ह्यूमन इम्प्रुभमेन्ट एक गैर नाफामूलक अनुसन्धान संस्था हो, जसको न्यूरोसाइन्स, सम्बन्ध र मनोविज्ञानमा वर्षौंको खोजीहरू छन् ।

फेब्रुअरीभरि उपलब्ध भ्यालेन्टाइन दिवसको नयाँ एआर लेन्सहरू पनि लञ्च हुने भाइबरले जनाएको छ ।

यस अभियानमा तेह्र नँया लेन्सहरू, चश्मा, फोटोबुथ, र अन्य थप विशेषताहरू समावेश गरिएका छन्। भाइबरको विषयवस्तु आधारित लेन्सहरू स्न्यापच्याट र भाइबरको अन्य प्लेटफर्ममा पनि उपलब्ध गराइनेछ। यसको साथै भाइबरले, आफूले प्रेम गर्ने व्यक्तिलाई आफ्नो प्रेम दर्साउन सजिलो बनाउँदै भ्यालेन्टाइन दिवसको च्याटबट नेपाली प्रयोगकर्ताहरूका लागि पनि थपेको छ ।

भाइबरकी मार्केटिङ डाइरेक्टर नोया पोलाक भन्छिन, ‘भ्यालेन्टाइन भनेकै एक अर्काको समिप आउनु हो र समय लिएर तपाईं उसको ख्याल राख्नुहुन्छ भनेर देखाउनु हो, र कहिलेकाही त्यस्तो कुरा मेसेजिङ एपबाट पनि गर्नुपर्ने हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?