+
+

आयरल्याण्डविरुद्ध दीपेन्द्रले लिए ४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १७:०३

२ फागुन, काठमाडौं । नेपालका स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरीले टी–२० करिअरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् ।

चार देशीय टी–२० श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा उनले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए ।

टस जितेर फिल्डिङ गरेको नेपालका लागि दीपेन्द्रले १०औं ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गरेका थिए । ओभरको दोस्रो बलमा उनले शेल गेटकेटलाई १४ रनको स्कोरमा जितेन्द्र मुखियाको हातबाट क्याच आउट गराए ।

१२औं ओभरमा दीपेन्द्रले दोस्रो विकेट लिए । ओभरको पहिलो बलमै कर्टिस च्याम्परलाई शरद भेषावकरबाट क्याच आउट गराएका उनले चौथो बलमा सिमी सिंहलाई विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गराए ।

आफ्नो स्पेलको अन्तिम ओभरमा दीपेन्द्रले लोर्कान टकरलाई कट एण्ड बल गरे । टकरले १५ रन बनाएर खेलिरहेका थिए ।

ट्वान्टी–२० करिअरमा यसअघि १ विकेटमात्र लिएका दीपेन्द्रले टेष्ट टोली आयरल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् । जारी शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध अर्धशतकीय योगदान गरेका दीपेन्द्रकै प्रदर्शनमा नेपालले ६ विकेटको जित रचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?