
२ फागुन, काठमाडौं । प्रयोगकर्तालाई आफ्ना पोस्ट, कमेन्ट तथा प्लाटफर्मका अन्य गतिविधिहरु सजिलैसँग डिलिट गर्नका लागि इन्स्टाग्रामले नयाँ फिचर लागू गरेको छ । इन्स्टाग्रामको Safer Day Initiative अन्तर्गत नयाँ फिचर सुरु गरिएको हो ।
नयाँ फिचरहरु इन्स्टाग्राम एपको Your Activity खण्डभित्र उपलब्ध छन् । यो सँगै इन्स्टाग्राम प्रयोगकर्ताले अब आफ्ना इन्स्टाग्राम पोस्ट, स्टोरिज, आइजीटिभी तथा रिल्सका धेरै सामाग्रीहरु सामूहिक रुपमा एकैपटकमा डिलिट गर्न वा आर्काइभ गर्न सक्दछन् ।
साथै प्रयोगकर्ताले आफ्नो इन्स्टाग्रामका कमेन्ट, लाइक्स, स्टोरी स्टिकर रिएक्सन लगायतका सामाग्रीहरु पनि एकैठाउँबाट डिलिट वा आर्काइभ गर्न सक्नेछन् ।
इन्स्टाग्राममा आफ्ना धेरैवटा पोस्टहरु एकैपटकमा डिलिट वा आकाइभ कसरी गर्ने ?
- आफ्नो एन्ड्रोइड वा आइओएस स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुहोस्
- दायाँ तलतर्फ भएको आइकनमा ट्याप गरेर आफ्नो प्रोफाइलमा जानुहोस्
- दायाँतर्फ माथिल्लो भागमा रहेको तिनधर्के आइकनमा ट्याप गर्नुहोस्
- उक्त मेन्यूमा रहेको Tap on Your Activity अप्सनमा थिच्नुहोस्
- त्यहाँ रहेको दोश्रो अप्सन Photos and videos मा थिच्नुहोस्
- Posts अप्सनमा थिच्नुहोस्
- त्यहाँ तपाइँले आफ्ना इन्स्टाग्रामका सबै पोस्टहरु देख्न सक्नुहुन्छ । साथै Sort and Filter अप्सनबाट आफ्नो अनुकुलतामा इन्स्टाग्राम पोस्टहरु छनोट गर्न सक्नुहुन्छ ।
- त्यसपछि माथि दायाँतर्फको कुनामा रहेको Select अप्सनमा थिच्नुहोस्
- आफूले डिलिट वा अर्काइभ गर्न खोजेको पोस्टहरुमा ट्याप गर्दै जानुहोस्
- आफूले छनोट गरेका पोस्टहरु डिलिट गर्न चाहनुहुन्छ भने मभभितभ अप्सनमा थिच्नुहोस् र अर्काइभ गर्न चाहनुहुन्छ भने archive अप्सनमा थिच्नुहोस् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4