+
+

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते ११:३९

३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।

केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?