+
+

भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १२:४०

३ फागुन, काठमाडौं । साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो ।

टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ । यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ ।

राधाकृष्ण कुमारले निर्देशन गरेको यो चलचित्र मार्च ११ मा रिलिज हुँदैछ । यसअघि जनवरी १४ मा प्रदर्शन मिति तोकिएपनि कोरोना संक्रमणको तेस्रो लहरका कारण पछि सारिएको थियो ।

मूल रुपमा तेलुगू भाषामा बनेको ‘राधे श्याम’ हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा पनि रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?