+
+

लिनिङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:१०

३ फागुन, काठमाडौं । लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा मंगलबारदेखि सुरु भएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

नेपाल ब्याडमिन्टन संघको १२औं वरियतामा रहेका महिला खेलाडीबीच भएको प्रतिस्पर्धामा नम्बर एक खेलाडी नङ्गशल तामाङ समूह ए मा आफ्ना दुवै खेलमा जित हात पार्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भइन् । तामाङले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गर्दै लिगमा पहिलो स्थानका साथ क्वार्टरफाइनल प्रवेश गरेकी हुन् ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पनि आफ्नो दुवै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । सेनाकी उनले समूह सीको पहिलो खेलमा एपिएफकी जेशिका गुरुङलाई २१–१५, २१–१६ ले र दोश्रो खेलमा फिलेट नेपालकी तारा आले मगरलाई २१–७, २१–७ को समान अन्तरले पराजित गरेकी हुन् ।

सेनाकी अमिता गिरी पनि समूह बि को विजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गर्न सफल भइन् । उनले पहिलो खेलमा फिलेट नेपालकी मनिषा खड्का माथि २१–७, २१–७ र सेनाकी प्राथना देउवा माथि १९–२१, २१–१६, २१–१७ को जित निकालिन् । सेनाकी अनुमाया राईले पनि समूह डी मा दुवै जित हात पार्दै क्वार्टरमा स्थान पक्का गरिन् । राईले पहिलो खेलमा एपिएफकी शोभा गौचनमाथि २१–१२, २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४, २३–२१ को जित निकालिन् ।

यसैगरी, समूह ए मा एपिएफकी सुनैना मुखियाले सेनाकी रोज पाण्डेलाई २१–५, २१–१५ ले पराजित गर्दै उपबिजेतको रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भइन् । समूह बीमा सेनाकी प्राथना देउवाले पनि अन्तिम ८ मा स्थान पक्का गरिन् । उनले फिलेटकी मनिषा खड्कालाई २१–६, २१–५ले पराजित गरिन् । समूह सीबाट उपविजेताको रुपमा एपिएफकी जेशिका गुरुङ क्वार्टरफाइनलमा प्रवेश गरिन् । उनले फिलेट नेपालकी तारा आले मगरलाई २१–११, २१–१४ ले पराजित गरिन् ।
समूह डी तर्फ पुलिसकी निता लम्सालले जित हात पार्दै उपविजेताको रुपमा अन्तिम ८ मा स्थान बनाइन् । निताले एपिएफकी शोभा गौचनलाई २१–१७, २१–१५ ले पराजित गरिन् ।

पुरुषको उच्च १६ वरियता प्राप्तको एकल प्रतिस्पर्धामा एपिएफका दीपेश धामीले समूह ए मा दुई खेलमा जित हात पारे । सोही समूहमा सुनिल जोशीले एक जित र एक हार बेहोरे ।

समूह बिको खेलमा सेनाका नविन श्रेष्ठले दुवै खेल जिते । सोही समूहमा एपिएफका साजन कृष्ण ताम्रकारले र पुलिसका जीवन आचार्यले एक एक खेल जिते । समूह सीको खेलमा एपिएफका बिजित थापा मगरले दुई जित निकाले ।

समूह डीको खेलमा १०औं संस्करणका विजेता रिभाइभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले दुवै खेलमा जित निकाले । प्रिन्सले पहिलो खेलमा पुलिसका बिष्णु कटुवाललाई २१–९, २१–१०ले तथा एपिएफका निराजन देवकोटालाई २१–४, २१–९ ले पराजित गरे । यस्तै रुकेशले पहिलो खेलमा निराजन देवकोटालाई २१–१०, २१–८ ले तथा दोश्रो खेलमा पुलिसका बिष्णुलाई २१–१३, २१–१२ ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?