+
+

५४ वर्षीय व्यक्तिले गरे १४ महिलासँग बिहे !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १९:२८

३ फागुन, काठमाडौं । ठगीका काइदा पनि अनेक खालका हुन्छन् । भारतको ओडिसाका एक ५४ वर्षीय व्यक्तिले भारतका विभिन्न ठाउँका १४ जना महिलालाई ढाँटछल गरेर बिहे गरे । अन्ततः एक दर्जनबढी महिलालाई बिहे गरेर ठगेको आरोपमा ती व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ ।

रमेश चन्द्र स्वान नामका ती व्यक्तिले आफ्नो नक्कली नाम बिधु प्रकाश स्वान तथा रमानी रन्जन स्वान पनि राखेका थिए । ओडिसाको केन्द्रपाडा जिल्लामा बस्ने रमेशले सन् २०१८ मा दिल्ली आर्य समाजमा बिहे गरेकी एक शिक्षिकाको उजुरीका आधारमा उनको कर्तुतको पर्दाफास भएको हो ।

उनले केन्द्रीय स्वास्थ्य मन्त्रालयको उप-महानिर्देशक हुँ भनेर ती महिलासँग बिहे गरेका थिए । ती व्यक्तिले स्वास्थ्य मन्त्रालयको उप महानिर्देशक भएको भनी ढाँटेर कम्तीमा पनि १४ जना महिलासँग बिहे गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

उनले बिवाहका लागि जोडी जुटाइदिने वेबसाइटहरुबाट महिलाहरुसँग सम्पर्क गरेर बिहे गर्ने गरेका थिए । उनले अधवैँशे उमेरका महिलाहरुलाई निशाना बनाउँथे । उनको जालमा फसेर बिहे गर्ने अधिकांश महिलाहरुमा वकिल, शिक्षक, डाक्टर तथा उच्च शिक्षा हासिल गरेका महिला छन् र उनीहरु भारतका विभिन्न ठाउँका रहेका छन् ।

उमेर छिप्पिएका र बिहेको लागि केटाको खोजी गरिरहेका स्थापित महिलाहरुसँग बिहे गरेर पैसा र उनीहरुको सम्पत्ति हात पार्ने उनको दाउ हुने गरेको बताइएको छ । स्मरण रहोस् वैधानिक तवरमै दुई वटा बिहे गरेका स्वानका पाँचजना छोराछोरी छन् । उनले पहिलो बिहे सन् १९८२ र दोश्रो बिहे २००२ मा गरेका थिए ।

ती व्यक्ति यति चतूर थिए कि उनले एकपटक पन्जाबको केन्द्रीय ससस्त्र पुलिस बलकी एक महिला अधिकारीसँग बिहे गरेर उनीबाटसमेत १० लाख भारु हात पारेका थिए ।

साथै ती प्रहरी महिलासँग बिहे गरेको गुरुद्धाराबाट उनले ११ लाख भारु ठगेका थिए । यसअघि सन् २००६ मा केरलाका विभिन्न १३ वटा बैंकबाट करीब १ करोड भारु ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

ठगीका सरदार नै रहेका उनले मेडिकल कलेजमा भर्ना दिलाइदिने भनेर हैदरावादमा विभिन्न विद्यार्थीलाई समेत ठगेका थिए । हैदरावादको एक नर्सिङ होमका मालिकसमेत विद्यार्थीहरुबाट उनले २ करोड भारु असूलेर ठगी गरेका थिए ।

उनले बिहे गरेर ठगी गरेका १४ जना महिलामध्ये ९ जना पुलिसको सम्पर्कमा आइसकेका छन् भने अरुसँग सम्पर्क गर्ने कोसिस भइरहेको प्रहरीले जनाएको छ । कतिपय चाहिं आफ्नो सामाजिक प्रतिष्ठाको कारण पनि उजुरी गर्न नआउन सक्ने प्रहरीको आशंका छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?