+
+

युक्रेनको सिमानाबाट केही सैनिक फिर्ता गर्ने रुसको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते ७:४०

४ फागुन, काठमाडौं । रुसले युक्रेनको सीमा क्षेत्रमा तैनाथ गरिएका केही सैनिक हटाउने घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो सैनिक अभ्यास जारी रहे पनि सिमानाबाट केही टुकडी फर्काउने बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले रुसको कुरामा विश्वास गरिहाल्ने अवस्था नरहेको जनाएको छ । रुसी सैनिक सिमानाबाट फिर्ता भएको नदेखेसम्म उसको कुरामा विश्वास गर्न नसकिने युक्रेनको भनाइ छ ।

यसैगरी नेटोले पनि रुसी सैनिक सिमानाबाट फिर्ता गर्ने कुराको पुष्टि हुने प्रमाण नभेटिएको जनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

रुसले युक्रेनको सीमा क्षेत्रमा आफ्ना सैनिक खटाएपछि रुसले युक्रेनमा आक्रमण गर्न लागेको आशंका गरिएको थियो । अमेरिका लगायतका देशहरूले रुसको तीव्र आलोचना गरेका थिए । रुसले युक्रेनमा आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न भनेको थियो ।

यद्यपि रुसले सुरुदेखि नै युक्रेनमा आक्रमणको योजना नरहेको भन्दै अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफूहरुले युद्ध नचाहेको दोहोर्‍याउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?