+
+

काठमाडौंबाट करिब ३ लाख रुपैयाँ नक्कली नोट बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १९:४६

४ फागुन, काठमाडौं । काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।

अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?