+
+

भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ७:३१

५ फागुन, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ ।

आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ । ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुन विभागले आग्रह गरेको छ ।

हेर्नुहोस् भन्सार एजेन्टको परीक्षा केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?