+
+

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक, बायर्नलाई साल्सवर्गको झट्का

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ८:०८

५ फागुन, काठमाडौं । इन्टर मिलानलाई उसकै मैदानमा २–० गोलले पराजित गरी लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ ।

प्रि–क्वाटरफाइनल चरणअन्तर्गत सान सिरोमा लिभरपुलका सब्स्टिच्युड रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले खेलको अन्त्यतिर गोल गरे । गोलरहित बराबरीतर्फ उन्मुख रहँदा ७५औं मिनेटमा फिर्मिनोले एन्ड्रयू रोबर्टसनको कर्नरमा हेड गोल गरे ।

त्यसको १० मिनेटपछि सलाहले बक्स भित्रबाट गोल गरी जर्गेन क्लोप नेतृत्वको लिभरपुललाई सहज स्थितिमा पुर्याए । जितका बाबजुद लिभरपुलको प्रदर्शन सन्तोषजनक भने थिएन ।

दोस्रो लेगको खेल अर्को महिना हुनेछ । नतिजा उल्ट्याउनका लागि इन्टरले एनफिल्डमा लिभरपुललाई फराकिलो अन्तरमा हराउनु पर्नेछ ।

यो खेल लिभरपुलका हार्भे इलियटका लागि भने सधैं स्मरणीय रहनेछ । किनभने क्लब इतिहासमै च्याम्पियन्स लिग खेल्ने उनी कान्छा खेलाडी बनेका छन् । मिडफिल्डर इलियट १८ वर्ष ३१८ दिनमा च्याम्पियन्स लिगका लागि सुरुवाती टिममा परेका हुन् ।

बुधबार राति नै भएको अर्को खेलमा जर्मन टोलीहरू ६ पल्टको च्याम्पियन बायर्न म्युनिख र साल्सवर्गले १–१ गोलको बराबरी खेलेका छन् ।

किङ्सले कोम्यानले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बार्यनले साल्सवर्गको मैदानमा हार टारेको हो । दोस्रो लेग बायर्नको मैदान एलियान्ज एरिनामा अर्को महिना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?