+
+

धरानको जंगलमा झोलाभित्र मानिसको शरीर पनि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १२:४३

५ फागुन, विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको  छ। बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाएको उनले बताए ।

धरान उपमहानगरपालिका-४ मा पर्ने धरान-भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

३०-३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि पहिचान नभएको प्रहरी उपरीक्षक थापाले बताए । सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?