+
+
Shares

प्रमोद र मिलनको स्वरमा ‘किन शंका गर्छौ’को युगल भर्सन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:३१

५ फागुन, काठमाडौं । प्रमोद खरेलको स्वरमा ९ वर्षअघि सार्वजनिक भएको गीत ‘किन शंका गर्छौ’को युगल भर्सन सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको युगल भर्सनमा प्रमोद र मिलन नेवारको स्वर रहेको छ ।

प्रमोदको स्वरमा पहिल्यै चर्चित बनेको गीतमा गायत्री थापाको शब्द छ भने राजकुमार बगरले संगीत दिएका हुन् । नयाँ भर्सनमा उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय रहेको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका छन् । शिवदर्शक फिल्मस प्रालिको प्रस्तुति रहेको भिडियोकी निर्माता गायत्री थापा हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?