
५ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनाव लक्षित प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यस्ता कार्यक्रम सञ्चालनका लागि आयोगले सूचना प्रकाशन गर्नेछ । त्यस्ता निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गर्न आयोगले सबैलाई आग्रह गरेको छ ।
साथै उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कुन रचनामा के-कस्तो नगद पुरस्कार पाउने भन्ने विषय आयोगले सूचनामा उल्लेख गर्नेछ ।
यस्तै जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ । न्याय सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिनेछ ।
प्रतिक्रिया 4